Logo

अर्थ

एकैदिन १० हजार १ सयले घट्यो सुन, कतिमा हुँदैछ कारोबार?



काठमाडौं । बुधबार सुनको मूल्यमा उच्च गिरावट आएको छ । आज सुनको मूल्य एकैदिन १० हजार १ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ८ सय रुपैयाँमा झरेको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँ पुगेको थियो ।

यो दिन सुनसँगै चाँदी पनि सस्तिएको छ । चाँदीको मूल्य आज १८५ रुपैयाँले ओरालो लाग्दै प्रतितोला ४ हजार ७४० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८३, बुधबार ११:३०   :  बजे

447
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।