Logo

अर्थ

कालंगा हाइड्रोको आइपीओ बाँडफाँड



काठमाडौं । कालंगा हाइड्रोको आइपीओ आज जेठ २७ गते बाँडफाँड गरिएको छ । धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा आइपीओ बाँडफाँड गरिएको छ ।

कम्पनीले गत जेठ ८ गतेदेखि जेठ १३ गतेसम्म सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरिएको थियो । सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल २८ लाख ७० हजार कित्ता बिक्री गरिएको छ ।

उक्त आइपीओमा २९ लाख १ हजार ९२४ आवेदकबाट ३ करोड १५ लाख ९२ हजार २५० कित्ता शेयर माग भएको थियो । जसमा २८ लाख ६० हजार ७६६ आवेदकबाट माग भएको ३ करोड ११ लाख ४ हजार ७८० कित्ता शेयर सदर भएको छ।

मागभन्दा बढी आवेदन परेका कारण यो आइपीओ पनि गोलाप्रथाबाट बाँडफाँड गरिएको थियो। जसमा भाग्यमानी २ लाख ८७ हजार आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् । यस हिसाबले सदर आवेदकमध्ये २५ लाख ७३ हजार ७६६ आवेदकको हात खाली भएको छ ।

अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटलको वेबसाइटका साथै सीडीएससीको मेरो शेयर र iporesult.cdsc.com.np मा गएर हेर्न सकिनेछ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८३, बुधबार १२:२३   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।