Logo

राजनीति

राजनीतिमा लागेपछि षड्यन्त्र गर्न पनि सिक्नुपर्ने रहेछ : अध्यक्ष घिसिङ



काठमाडौं। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले राजनीतिमा प्रवेश गरेपछि षड्यन्त्रको वास्तविकता बुझ्ने अवसर पाएको बताउँदै आफूहरू षड्यन्त्रको सिकार बनेको दाबी गरेका छन्।

बुधबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले राजनीतिमा सफल हुन धेरै कुरा जान्नुपर्ने अनुभव भएको उल्लेख गर्दै आफूहरू षड्यन्त्र गर्ने पक्षमा नभई त्यसको सिकार बनेको बताए।

उनले अब षड्यन्त्रको बाटो नभई जनताको विश्वास जितेर देशको सशक्त राजनीतिक शक्तिका रूपमा स्थापित हुने लक्ष्य रहेको बताए।

उनले हाल संसद्मा पार्टीको प्रतिनिधित्व नभए पनि देशभर उज्यालो नेपाल पार्टीप्रति आकर्षण बढिरहेको दाबी गरे। पार्टीको नेतृत्व र भविष्यप्रतिको विश्वासका कारण विभिन्न क्षेत्रबाट प्रवेश गर्नेहरूको संख्या बढ्दै गएको उनको भनाइ थियो।

अध्यक्ष घिसिङले आगामी निर्वाचनमा पार्टीलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्दै भविष्यमा उज्यालो नेपाल पार्टीलाई देशकै अग्रणी राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताए।

उनले पार्टीलाई कुनै पनि हालतमा अन्य दलसँग विलय नगर्ने स्पष्ट पार्दै आवश्यक परे एक्लै भए पनि पार्टीलाई अघि बढाउने प्रतिबद्धता जनाए। साथै, विगतमा ‘लालकिल्ला’ भनेर चिनिने रामेछाप अहिले उज्यालो नेपाल पार्टीको बलियो आधार क्षेत्र बन्दै गएको दाबी गरे।

प्रकाशित मिति : २७ जेष्ठ २०८३, बुधबार १९:४९   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।