कालीकोट । अविरल वर्षापछि पहिरो र लेदो खसेर अवरुद्ध बनेको कर्णाली करिडोर आज बिहानदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ।
मङ्गलबार र बुधबार परेको लगातार वर्षाका कारण कर्णाली करिडोरअन्तर्गत कालीकोट सडकखण्डको नरहरिनाथ गाउँपालिका–८ को खुलालुदेखि बाजुराको सीमाक्षेत्र लैफुसम्म विभिन्न स्थानमा पहिरो र लेदो खसेपछि सडक अवरुद्ध भएको थियो।
जिल्ला प्रशासन कार्यालय कालीकोटका अनुसार दुई दिनदेखि प्रभावित सुर्खेत–हुम्ला सडकखण्डमा खसेको पहिरो हटाएर यातायात सञ्चालनमा ल्याइएको हो।
यद्यपि सडकमाथिको भिरालो क्षेत्रबाट अझै पनि ढुंगा खस्ने जोखिम रहेकाले यात्रु तथा सवारी चालकलाई सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।
सडक धेरै स्थानमा साँघुरो र एकतर्फी भएकाले सावधानीपूर्वक यात्रा गर्न अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी जनक शर्माले बताए।




















प्रतिक्रिया