Logo

राजनीति

विपद् व्यवस्थापन गर्न २०० केजी बोक्ने ड्रोन छ, तर खरिद प्रक्रिया झन्झटिलो: मन्त्री गुरुङ



काठमाडौं । गृहमन्त्री सुदन गुरुङले विपद् व्यवस्थापन, राहत वितरणमा प्रयोग भइरहेका आधुनिक प्रविधि, सार्वजनिक खरिद प्रक्रिया झन्झटिलो रहेको बताएका छन् ।

बिहीबार बिहान बसेको समिति बैठकमा बोल्दै उनले नेपालमा पहिलो पटक हेभी लिफ्टिङ ड्रोनमार्फत सिन्धुपाल्चोक र काभ्रेमा राहत वितरण गरिएको स्मरण गराए ।

उनले अहिले २०० केजीसम्म बोक्न सक्ने क्षमताको हेभी लिफ्टिङ ड्रोन उपलब्ध भएपनि त्यसको खरिद प्रक्रिया सार्वजनिक खरिद ऐनका कारण अत्यन्तै लामो हुने बताए ।

उनकाअनुसार ड्रोन खरिद गर्न सार्वजनिक खरिद ऐनअनुसार ४५ दिन लाग्छ, त्यो ड्रोन आउँदा मनसुन सकिइसक्छ ।

उनले भने, ‘हामीले हेभी लिफ्टिङ ड्रोनमार्फत नेपालमा पहिलोचोटी सिन्धुपाल्चोक र काभ्रेमा ड्रोनमार्फत राहत वितरण गरिएको थियो । अहिले २०० केजीसम्म बोक्ने हेभी लिफ्टिङ ड्रोन आएको छ । तर यो खरिद गर्न ‘ड्रोन खरिद गर्न सार्वजनिक खरिद ऐनअनुसार ४५ दिन लाग्छ । त्यो ड्रोन आउँदा मनसुन सकिइसक्छ कस्तो खालको ऐन हो । काम गर्न सहज हुनेगरी ऐन संशोधन भएको भए केही गर्न सकिन्थ्यो ।’

गृहमन्त्री गुरुङले राज्य सञ्चालनमा सरकार–प्रतिपक्षको विभाजनभन्दा पनि सहकार्य आवश्यक रहेको उल्लेख गर्दै सबै सांसदको सुझावलाई गम्भीरतापूर्वक लिइएको बताए । उनले विपद् व्यवस्थापनजस्ता संवेदनशील क्षेत्रमा प्रभावकारी काम गर्न सबैको सहयोग अपरिहार्य रहेको बताए ।

मन्त्रालयमा बजेटको अभाव रहेको उल्लेख गर्दै उनले चुनौतीपूर्ण जिम्मेवारी भए पनि स्रोत साधन अत्यन्तै सीमित रहेको गुनासो गरे ।

उनले भने, ‘मन्त्रालयसँग बजेटको अभाव छ । हामीलाई चुनौतीपूर्ण काममा पठाइएको छ तर साधन स्रोत भने अत्यन्तै न्यून छ। संसद्मा माननीयज्यूहरूले गृह मन्त्रालयको बजेट वृद्धिका लागि आवाज उठाइदिनुभयो भने हाम्रा निकायहरूले अझ प्रभावकारी रूपमा काम गर्न सक्नेछन्।’

प्रकाशित मिति : २८ जेष्ठ २०८३, बिहीबार १३:२३   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।