Logo

समाचार

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ



काठमाडौं। बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी ललितपुर महालक्ष्मी नगरपालिका ४ इमाडोल बस्ने एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका ४ घर भएका ५२ वर्षीय प्रशान्त राम नकर्मी रहेका छन्।

जिल्ला अदालत काठमाडौंको २०८२ मंसिर १० गतेको फैसलाले उक्त मुद्दामा ७ लाख रुपैयाँ जरिवाना र ५ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ।

प्रकाशित मिति : २८ जेष्ठ २०८३, बिहीबार २१:१३   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।