Logo

मौसम

आजकाे माैसम : यी प्रदेशमा वर्षाको सम्भावना



काठमाडाैं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको प्रभाव रहेको छ।

हाल गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत बाँकी हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ। तराई भूभागमा आंशिक बादल लागेको छ।

लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा कोशी,बागमती, गण्डकी र कर्णाली प्रदेशको एक र दुई स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।

दिउँसो कोशी, मधेश र बागमती प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ तथा बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ।

कोशी र मधेश प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरू तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ ।

राति कोशी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । मधेश प्रदेश लगायत तराई भूभागमा आंशिक बादल लाग्नेछ।

कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा, मधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका तराई भूभाग साथै देशका हिमाली भूभागका एक र दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८३, शुक्रबार ०६:४१   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।