काठमाडाैं । लक्ष्मी सन्राइज बैंकले साना तथा मझौला उद्यमीलाई कर्जा प्रवाह गर्न प्राविधिक सेवाप्रदायक कम्पनी आइएमएस सफ्टवेयरसँग सहकार्य गर्ने भएको छ । बैंकले नेपालका साना तथा मझौला उद्यम (एएमइज)लाई डिजिटल माध्यमबाट सहज कर्जा सुविधा उपलब्ध गराउने उद्देश्यले सहकार्य गर्ने भएको हो ।
नेपाल राष्ट्र बैंकको डिजिटल लेन्डिङ मार्गदर्शनअनुसार लक्ष्मी सन्राइज बैंकका साना तथा मझौला ग्राहकले छिट्टै डिजिटल प्रक्रियामार्फत कर्जाका लागि आवेदन दिन तथा स्वीकृति प्राप्त गर्न सक्नेछन् । यस सुविधाको लाभ लिन उद्यमहरूले आफ्नो व्यवसायमा इन्टरप्राइज रिसोर्स प्लानिङ प्रणाली प्रयोग गरेको तथा आइएमएस सफ्टवेयरमा आबद्ध तथा आवश्यक मापदण्ड पूरा गरेको हुनुपर्ने जनाइएको छ ।
यस सहकार्यअन्तर्गत आइएमएस सफ्टवेयरले प्राविधिक सेवाप्रदायकका रूपमा डिजिटल लेन्डिङ प्लाटफर्म उपलब्ध गराउनेछ, जसमार्फत योग्य उद्यमहरूले प्रणालीमा उपलब्ध व्यावसायिक तथ्यांकका आधारमा डिजिटल माध्यमबाट कर्जा आवेदन तथा प्रक्रिया पूरा गर्न सक्नेछन् । यसले कर्जा प्राप्तिको प्रक्रिया थप सरल, छरितो र पारदर्शी बनाउनुका साथै व्यवसायहरूलाई आवश्यक वित्तीय स्रोतमा सहज पहुँच दिलाउने अपेक्षा गरिएको छ । यो पहलले एसएमई क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्न सहयोग पुर्याउनुका साथै व्यवसायहरूलाई डिजिटल प्रणाली अपनाउन प्रोत्साहित गर्नेछ ।




















प्रतिक्रिया