Logo

राजनीति

कांग्रेस नीति प्रतिष्ठानद्वारा ५ विषयगत उपसमिति गठन, काे-काे बने संयोजक?



काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ५ विषयगत उपसमिति गठन गरेकाे छ । पार्टीका सभापति गगनकुमार थापाको समुपस्थितिमा तथा पार्टी उपसभापति एवं प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको बैठकले विभिन्न ५ उपसमिति गठन गरेको हेा ।

पार्टी सभापति थापाको उपस्थिति र उपसभापति एवं प्रतिष्ठानका प्रमुख शर्माको अध्यक्षतामा बसेको बैठकले डायस्पोरा, स्वास्थ्य, हिंसा सचेतना, सडक सुरक्षा र खेलकुद सम्बन्धी उपसमिति बनाउने निर्णय गरेको हो ।

बैठकले डा.यादव पण्डितलाई डायस्पोरा डाइलग उपसमिति, डा.अन्जनीकुमार झालाई स्वास्थ्य बीमा र सेवामा पहुँच नीतिगत संवाद उपसमितिमा, स्वीकृति पौडेललाई घरेलु एवं डिजिटल हिंसा सचेतना उपसमिति संयोजक बनाएको छ ।

त्यस्तै, श्रीप्रसाद भलामीलाई सार्वजनिक यातायात र सडक सुरक्षा सचेतनाको संयोजकमा र विनोद दासलाई खेलकुद नीति संवाद उपसमितिमा संयोजक बनाएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८३, शुक्रबार १६:४४   :  बजे

228
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।