Logo

मौसम

आजकाे माैसम : यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना



काठमाडाैं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा स्थानीय वायू तथा पूर्वीय वायूको समेत आंशिक प्रभाव रहेको छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत र सुदुरपश्चिमका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ ।

मधेश प्रदेशमा आंशिक बादल लागेको छ र सुदुरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मूख्यतया सफा रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो कोशी प्रदेश लगायत देशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ, बाँकी पहाडी भूभागमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बादल तथा बाँकी तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ ।

कोशी प्रदेशका केही स्थानहरू, देशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरू तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ ।

मधेश प्रदेशको पनि एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ ।

राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मूख्यतया सफा रहनेछ ।

कोशी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपात तथा बागमती र गण्डकी प्रदेशका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

मधेश प्रदेशको पनि एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८३, आईतवार ०६:४३   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।