Logo

प्रमुख समाचार

गोविन्द केसीले त्यसै तोडेका होइनन् अनशन, यस्तो छ बास्तविकता



चिकित्सा क्षेत्र सुधार तथा द्वन्द्कालिन मुद्धाजस्ता विषय अघि सारेर आमरण अनशन बस्दै आएका डा. गोविन्द केसीले अनशन तोडेका छन् ।त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पत्रकार सम्मेलन गरेर उनले शुक्रबार २४ औं दिनमा अनशन तोडेका हुन् ।

केसीलाई त्रशिक्षण अस्पतालका सफाई कर्मचारी अमृत पूजारी र पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीले जुस पिलाएर अनशन तोडाए । यसपटकको अनशन केसीले गत २५ पुसमा इलामबाट सुरु गरेका थिए । तर, स्वास्थ्यमा गम्भीर समस्या आएपछि केसीलाई ३ माघमा नेपाली सेताको नाइटभिजन हेलिकोप्टरमा काठमाण्डु ल्याइएको थियो ।

त्रिवि शिक्षण अस्पतालमा केही दिनको उपचारपछि केसीले त्यहीं अनशन जारी राखेका थिए । पत्रकार सम्मेलनमा वितरित केसीको विज्ञप्तिमा प्रतिनिधिसभा र राष्ट्रियसभाले चिकित्सा शिक्षा विधेयक पास गरिसकेको र अनशनका कारण बिरामीलाई मर्का पर्ने देखेपछि आफूले अनशन तोडेको दाबी गरेका छन् ।

‘चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले पास भइसकेको अवस्थामा अनशन जारी राख्दा असहज अवस्था सिर्जना हुने, बिरामीले थप दुःख पाउने र राज्यले नसुन्ने अवस्था आएकाले मैले अनशन तोडेको हुँ’, केसीको विज्ञप्तिमा भनिएको छ । केसीले चिकित्सा शिक्षा विधेयकले नसमेटेका आफ्ना माग पूरा गर्न फरक ढङ्गले सङ्घर्ष गर्ने बताए । ।

। चिकित्सा शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै केसीले प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेका थिए । उनले सरकारमाथि माफियाको गोटी बनेको आरोप लगाएका थिए । तर, सरकारले भने केसीका अधिकांश माग सम्बोधन भएकाले उनीसँग वार्ता र छलफल केही नगर्ने स्पष्ट गरेको थियो ।केसीले भने चिकित्सा शिक्षा विधेयकमा नसमेटिएका आफ्ना माग सम्बोधन गर्न सरकार र संसदलाई गरेका छन् ।

सरकारले नटेर्ने निश्चित भएपछि अनशन तोडाएर ‘सेफ्ल्याण्डिङ’ गराउन केसीको समर्थन गर्दै आएका पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र काँग्रेस नेता दमननाथ ढुंगानालगायत सक्रिय भएका थिए । सरकार केसीसँग घुँडा नटेक्ने बुझेपछि उनीहरुले ‘सर्प पनि मर्ने, लाठी पनि नभाँचिने’ गरी आफूहरुको आग्रहमा केसीले अनशन तोडेको देखाउन खोजेका हुन् ।

प्रकाशित मिति : माघ १९, २०७५ शनिबार  ३ : ५२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।