Logo

अर्थ

नेप्सेमा स्नो रिभर्सको आईपीओ सूचीकृत, कति पायाे ओपनिङ रेन्ज?



काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा स्नो रिभर्सको आईपीओ सूचीकृत भएको छ। कम्पनीले ९३ लाख ७५ हजार कित्ता आईपीओ नेप्सेमा सूचीकृत गराएको हो।

कम्पनीले सर्वसाधारणमा वितरण गरेको १८ लाख ७५ हजार कित्ता र संस्थापक सेयरधनीले लगानी गरेको ७५ लाख कित्ता गरी ९३ लाख ७५ हजार कित्ता नेप्सेमा सूचीकृत भएको हो। कम्पनीको सेयर आजदेखि नियमित बजारमा कारोबार हुनेछ।

पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ रेञ्ज दिएको छ।

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार ०७:३६   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।