Logo

प्रमुख समाचार

रुकुमकोटमा आज पनि निषेधाज्ञा कायमै



सदरमुकामको विवाद चर्किँदै गएपछि रुकुमकोटमा आज पनि निषेधाज्ञा जारी गरिएकाे छ।जिल्ला प्रशासन कार्यालयले सम्भावित घटनालाई मध्यनजर गर्दै रुकुमकोटमा निषेधाज्ञा आदेश जारी गरेको हो।

गोलखाडा सदरमुकाम हुनुपर्छ भन्ने पक्षले मंगलबार आज रुकुमकोटमा र्‍याली निकाल्ने तयारी गरेपछि हिंसा भड्किन सक्ने भन्दै प्रशासनले आइतबार बेलुकी ७ बजेबाट लागू हुने गरी निषेधाज्ञा  लगाएको हो। अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा  जारी रहने प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिए।

गोलखाडा पक्षले अस्थायी सदरमुकाम रुकुमकोटमा आएर र्‍याली निकाल्ने तयारी गर्नु र रुकुमकोटवासीले कुनै पनि हालतमा र्‍याली निकाल्न नदिने र आन्दोलन आफुहरूको हातमा नरहेकाले जे पनि हुन सक्ने बताएपछि प्रशासनले निषेधाज्ञा लगाएको बताएको छ।

तत्कालीन सरकारले गरेको रुकुमपूर्वको सदरमुकाम रुकुमकोटबाट पुथाउत्तरगंगा गाउँपालिकाको गोलखाडामा सार्ने निर्णय कार्यान्वयनको माग गर्दै गोलखाडा सदरमुकाम समर्थित पक्षले मंगलबार रुकुमकोटमा र्‍याली निकाल्ने तयारी गरेपछि रुकुमकोटवासीले पुनः आन्दोलन सुरु गरेका छन्।

यसै विवादले चर्को रूप लिँदा गोलखाडा समर्थित पूर्वसहायक मन्त्री केशरमान रोकासहितका चार जनामाथि रुकुमकोटमै सदरमुकाम हुनुपर्ने पक्षले कुटपिटसमेत गरेका थिए।

प्रकाशित मिति : माघ २२, २०७५ मंगलबार  ७ : ३४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।