Logo

प्रमुख समाचार

रुकुम पूर्वमा तनाव कायमै, सुरक्षाकर्मी थपिए



सदरमुकामको विषयमा रुकुम पूर्वमा तनाव बढेको छ । अस्थायी सदरमुकामबाट सार्ने तयारी भएपछि आन्दोलन भइरहेकोमा अहिले उग्र बनेको हो ।

सिस्ने गाउँपालिका ५ र ६ बाट पुथाउत्तरगंगा गाउँपालिकाको गोल्खाडामा सार्ने विषयमा कुरा नमिलेको हो । यसै विषयमा विवाद भएपछि आन्दोलन चर्किएको छ ।

दुवै स्थानका स्थानीयबासीले सदरकुकामको दावी गरेपछि स्थिति तनावग्रस्त भएको छ ।स्थानीयको आन्दोलनका कारण तनाव बढेपछि सुरक्षा व्यवस्था पनि थप चुस्त पारिएको छ । स्थानीयबीच झडप हुने स्थिति देखिएपछि सुरक्षकर्मी थपिएको रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिए ।

प्रकाशित मिति : माघ २३, २०७५ बुधबार  ११ : ०६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।