Logo

अचम्म

जनिराखौ पुरुषले भन्दा महिलाले किन धेरै सुत्नुपर्छ ?



शरीरलाई सधैँ इनर्जी प्रदान गर्नका लागि पूरा निद्रा जरुरी हुन्छ । विभिन्न कामको थकानपछि शरीर निद्रामा जाने गर्छ । यसले सबै अंगलाई आराम प्रदान गर्छ । शरीरलाई शक्ति सञ्चय गर्नका लागि मान्छे निदाउन जरुरी हुन्छ ।

विशेषगरी पुरुषको तुलनामा महिलाले अलि समय धेरै सुत्नुपर्छ । किनकी, महिलाहरु बिहान सबेरैदेखि राति अबेरसम्म घरायसी काममा ब्यस्त रहन्छन् । शहरको तुलनामा गाउँका महिलाहरु घरायसी काममा ब्यस्त हुने भएका कारण उनीहरुमा थकान ज्यादा हुने हुन्छ ।

तर, हाम्रो समाजमा महिलाहरुले पुरुषभन्दा पनि कम सुत्ने अवसर पाउँछन् । उनीहरु बिहान सबेरैदेखि राति अबेरसम्म घरधन्दा गर्छन् । घरको सबै चाँजोपाँजो मिलाएर मात्र उनीहरु आफ्नो ओछ्यानमा पुग्छन् । तरपनि दिनभरको थकानका कारणले उनीहरुको सुताई पर्याप्त नै हुँदैन ।

कामको चापका कारण महिलाहरुले भनेको समयमा सुत्न पाउँदैनन् । ढिलो सुत्दा उनीहरुलाई झट्ट निद्रा पर्दैन । त्यसैले, उनीहरुलाई निद्रा पूरा गर्न पनि अत्यधिक समय सुत्नुपर्ने चिकित्सकहरु बताउँछन् ।

महिलाहरुको जीवनमा विभिन्न बदलाव आउने गर्छ । जसका कारण गर्दा उनीहरुको निद्रामा असर पुगेर इन्सोमेनिया हुने खतरा उच्च हुन्छ । त्यस्तै महिलाहरुले दिमागको प्रयोग धेरै गर्ने गर्दछन् । उनीहरुले दिमागलाई ताजा र चलायमान बनाउन पनि धेरै सुत्नु पर्ने चिकित्सकहरु बताउँछन् ।

यस्तै महिनावारीको समयमा पेटको दुखाईका कारण महिलाहरु आनन्दले सुत्न नपाउने र उक्त समयमा उनीहरुको पेटमा ऐठन हुने, पेट दुख्ने, वाक्वाकी लाग्ने, मुड बदलिने, मन अत्तालिने, घरीघरी भोक लाग्ने गर्छ । जसका कारण उनीहरुलाई राती सुत्नमा कठिनाई हुने गर्छ । यसैकारण पनि महिलाहरुले पुरुषको तुलनामा ज्यादा सुत्न जरुरी छ ।

गर्भावस्थामा शारीरिक र मानसिक बदलावका कारण महिलाहरुलाई सुत्नमा समस्या हुने गर्छ । अझ सुत्केरी अवस्थामा उनीहरुलाई यो समस्या अत्यधिक हुन्छ । गर्भावस्थामा अत्यधिक मात्रामा पिसाब लाग्नु तथा खुट्टामा ऐठन हुनाले पनि उनीहरु रातमा राम्ररी सुत्न सक्दैनन् ।

प्रकाशित मिति : माघ २४, २०७५ बिहीबार  ४ : ०५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।