Logo

प्रमुख समाचार

शैक्षिक सुधारमा अगाडि बढ्दै सुनिलस्मृति गाउँपालिका



सुनिलस्मृति गाउँपालिका रोल्पाले आफ्नो मातहतका विद्यालयहरुको शैक्षिक सुधारका लागि भन्दै विद्यालयको मासिक हाजिरी उतार गाउँपालिका शिक्षा शाखामा पठाउने भएको छ ।

गाउँपालिका देखि विभिन्न समयमा गरिएको अनुगमन तथा निरिक्षणका क्रममा शिक्षकको गैर हाजिरी, शिक्षकहरु विद्यालयमा उपस्थिती नहुनु, विदा स्वीकृति नगरी हाजिरी गरेको पाइएकोले शिक्षामा सुधार ल्याउनका लागि मासिक हाजिरी उतार वडा कार्यालय हुँदै गाउँपालिका शिक्षा शाखाँमा पठाउन कार्य अगाडि बढाइएको शिक्षा शाखा प्रमुख केशवराज पोख्रेलले बताए ।

प्रत्येक वडा भित्र कम्तिमा एक पलस टू गाउँपालिकामा एक क्याम्पस तथा गाउँपालिकामा रहेका सम्पूर्ण विद्यार्थीहरुले कम्तिमा पलस टू अनिवार्य पढनुपर्ने प्रावधना ल्याउन लागि रहेको हुँदा विद्यार्थीहरुलाई पढ्नका लागि हौसल्ला मिलोस् भन्दै नियमित विद्यालयमा शिक्षकहरुको उपस्थित गराउने उद्देश्यले यस्तो गरिएको गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले बताए ।

शिक्षकहरुको मागहरुलाई ध्यान राख्दै नियमानुसार मिल्ने हरेक सेवा सुविधाहरु उपलब्ध गराउने योजना समेत बनाइसकेको हुँदा हामि कुनै कन्जुसाई नगरि मन खुलाएरै उहाँहरुलाई सहयोग गर्न तयार रहेको अध्यक्ष घर्तीले बताए ।

हामिले विद्यालयलाई शान्ति क्षेत्रको रुपमा घोषणा गरिसकेको हुदाँ अव कुनै पनि शिक्षकले विद्यालय क्षेत्रभित्र जाँडरक्सी सेवन गरि वा कुनै प्रकारको अभद्र शैलिबाट विद्यालय प्रवेश गरेको पाइएमा तुरुन्तै हामि कार्वाही गर्छौ अध्यक्ष घर्तीले भन्नुभएको अध्यक्षका प्रेस संयोजक आशिष भारद्धाजले बताए ।

प्रकाशित मिति : माघ २५, २०७५ शुक्रबार  ६ : २५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।