Logo

सम्पादकीय

थामथुम पारिएको वाइडबडि प्रकरण !



नेपाल वायु सेवा निगमले दुईवटा वाइडबडी विमान खरिद गर्दा ठूलो अनियमितता भएको समाचार बाहिरिएपछि सरकारले अनुसन्धानले पुर्णता पाउने र जोकोहि दोषि ठहरिएमा कार्वाही शुरु गर्ने बताएको थियो । वाइडबडी प्रकरणमा बहालवाला मन्त्री र सचिवसमेत मुछिएपछि भ्रष्टाचारमा संलग्न ठूला माछाहरु पनि कार्वाहीमा पर्ने अनुमान गरेपनि विमान खरिदमा देखिएको अनियमितताको बारेमा आवश्यक प्रक्रिया भने चल्न सकेको छैन ।

संसदीय समितिको प्रतिवेदन सार्वजनिक भएसँगै सरकारले छानविन समिति गठन गरेको थियो । तर, अनुसन्धानले पुर्णता पाउनुको सट्टा गुमराहमा राखि अनुसन्धानमा ढिलाई भइरहेको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले शुरुवाति दिनहरुमा वाइडबडि प्रकरणको अनुसन्धान हुनुपर्ने भन्दै चर्को स्वर उठाएपनि स्वयं कांग्रेसका सभापतिसमेत प्रकरणमा मुछिएपछि वाइडवडि प्रकरणको अनुसन्धानका बारेमा कांग्रेस पनि सुस्ताएको देखिएको छ ।

प्रधानमन्त्री केपी ओलीले निरन्तर भ्रष्टाचार विरुद्धमा लड्ने बताइरहदा अर्बौँको अनियमितता हुँदा पनि सरकार मौन देखिनु लज्जास्पद हो । भाषणमा मात्र भ्रष्टाचारीलाई कुनै माफ नहुने भनेपनि व्यवहारमा ठिक उल्टो देखिएको छ । वाइडबडि प्रकरण जति लम्बिदै छ, उतिनै राजनितिक मुद्धा बन्दै गएको छ ।

सरकारको उदासिनता र कांग्रेसको मौनताले गर्दा जनतामा आशंका उब्जिनु स्वभाविक हो । त्यसैले पनि वाइडबडि प्रकरणको अनुसन्धानलाई छिटो भन्दा छिटो पुर्णता दिएर दोषिमाथि कार्वाही शुरु हुनुपर्छ । साना–ठूला जोकोहिलाई पनि कानुन एकैसरह हो । त्यसैले, अर्बौँको भ्रष्टाचार भएको वाइडबडि प्रकरणको छानबिन हुनुपर्छ र दोषीलाई कानुनि कठघरामा उभ्याउन सरकार गम्भिर हुन आवश्यक छ । अतः भ्रष्टाचारलाई निर्मुल गर्ने कुरा भाषणमा मात्र सिमित हुनुहुदैँन ।

प्रकाशित मिति : माघ २५, २०७५ शुक्रबार  ४ : ५७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।