Logo

प्रमुख समाचार

ओलीको योजनामा दाहाल बाधक, राजपालाई झट्का



राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई सरकारमा सहभागी गराउने खड्गप्रसाद ओलीको प्रस्तावलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अस्वीकार गरेका छन् ।

राजपा नेताका नेता राजेन्द्र महतो र प्रधानमन्त्री ओलीबीच केही दिन अगाडि बालुवाटारमा भएको भेटमा राजपालाई सरकारमा सहभागी गराउने विषयमा कुराकानी भएको थियो । ओली राजपा नेपाललाई सरकारमा ल्याउन तयार छन् ।

तर, दोस्रो तहका अध्यक्ष दाहाल राजपालाई तत्काल सरकारमा सहभागी गराउने विषयमा सकारात्मक छैनन् ।ओली र दाहालबीचको पछिल्लो समयको भेटवार्तामा मन्त्रीहरू हेरफेर गर्नेबारेमा पनि कुराकानी भएको उच्च स्रोतले जनाएको छ ।

सरकार गठन भएको एक वर्ष पुग्न लागेको अवसरमा केही मन्त्रीहरूलाई हेरफेर गरेर नयाँ मन्त्री नियुक्तिका साथै राजपा नेपाललाई पनि स्थान दिनुपर्ने विषयमा ओली र दाहालबीच कुराकानी भएको छ ।

प्रकाशित मिति : माघ २८, २०७५ सोमबार  ४ : २३ बजे