काठमाडाैं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ मा ४१ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा सामान्य बढी हो । अघिल्लो आवमा कम्पनीले ४० करोड ९३ लाख ३७ हजार रुपैयाँ नाफा कमाएको थियो ।
अघिल्लो आर्थिक वर्षको अन्त्यमा ४७ अर्ब ७ करोड ८ लाख रुपैयाँ रहेको बीमाकोष बढेर समीक्षा अवधिको अन्त्यसम्ममा ५३ अर्ब १७ करोड ४८ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै, कम्पनीको खुद बीमाशुल्क आर्जन १३.४८ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष ९ अर्ब २० करोड २९ लाख रुपैयाँ रहेको खुद बीमाशुल्क आर्जन समीक्षा अवधिमा बढेर १० अर्ब ४४ करोड ३१ लाख रुपैयाँ पुगेको हो ।
त्यस्तै, कम्पनीको कुल आम्दानी पनि ८.६३ प्रतिशतले वृद्धि *भएको छ । समीक्षा अवधिमा कुल आम्दानी १४ अर्ब २९ करोड ६८ लाख रुपैयाँ पुगेको छ । यस अवधिमा कम्पनीले ११ अर्ब ४९ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ भने कुल खर्च १३ अर्ब ४१ करोड रुपैयाँ रहेको छ ।
कम्पनीको चुक्ता पूँजी ५ अर्ब २५ करोड रुपैयाँ रहेको छ । महाविपत्ती कोष १४.४१ प्रतिशतले वृद्धि भएर ३२ करोड ८८ लाख रुपैयाँ पुगेको छ । जगेडा कोषमा भने गिरावट आएको छ । अघिल्लो वर्षको तुलनामा ३९ प्रतिशतले घटेर जगेडा कोषमा ५२ करोड ६७ लाख २५ हजार रुपैयाँ मात्रै संचित रहेको छ ।
अघिल्लो आर्थिक वर्ष ७ रुपैयाँ ८० पैसा रहेको प्रतिसेयर आम्दानी बढेर ७ रुपैयाँ ८९ पैसा पुगेको छ । त्यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ १३ पैसा रहेको छ ।
यसका साथै कम्पनीको मूल्य आम्दानी अनुपात (पीई रेसियो) ५३.१२ गुणा रहेको छ भने प्रतिसेयर कुल सम्पत्तिको मूल्य ११८७.०६ रुपैयाँ रहेको छ ।















प्रतिक्रिया