Logo

प्रमुख समाचार

माधव नेपाल भन्छन् – माओवादीको जनयुद्ध दिवस हामी मान्दैनौं



नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरूलाई जनयुद्ध दिवस मान्य नरहेको बताएका छन् ।नेकपाले देशव्यापी रूपमा जनयुद्ध दिवस मनाइरहँदा वरिष्ठ नेता नेपालले पार्टीलाई जनयुद्ध दिवस मान्य नभएको बताएका हुन् ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनआन्दोलन र जनयुद्धका सहिदहरूलाई श्रद्धाञ्जली दिएकै दिन जनकपुर पुगेका नेता नेपालले त्यो प्रचण्डको निजी निर्णय भएको बताए ।

‘यो प्रचण्डजीको निजी निर्णय हो, यसबारे पार्टीमा केही पनि छलफल भएको छैन् । पार्टीले निर्णय पनि गरेको छैन्, त्यसैले हामी मान्दैनौं,’ उनले भने ।

उनले पार्टीको परिपाटी अध्यक्षले नै बुझ्न नसक्नु दुःखद रहेको बताए । नेता नेपालले कुनै नेताको एकल निर्णयले मनाइएको जनयुद्ध दिवस पार्टीलाई मान्य हुनै नसक्ने बताए ।

उनले जनयुद्धको मात्र नभई सबै आन्दोलनका शहीदहरूको सम्मान गर्नुपर्ने धारणा राखे ।तत्कालिन माओवादीले २०५२ साल फागुन १ गतेबाट जनयुद्ध सुरुवात गरेको सम्झनामा हरेक वर्ष जनयुद्ध दिवस मनाउँदै आएको छ ।

प्रकाशित मिति : फाल्गुन १, २०७५ बुधबार  १ : ५० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।