Logo

अर्थ

एनआई सी एशिया बैंक लिमिटेडको स्वदेशमागरिने आन्तरिक विप्रेषण कारोबारमा (Send 1 Get 1 Free) योजना



एनआई सी एशिया बैंक लिमिटेडले स्वदेशमाआन्तरिक विप्रेषण कारोबार गर्ने आदरणीय ग्राहकमहानुभावहरुलाई उच्चतम सेवादिने अभिप्रायले एनआई सी एशिया रेमिट मार्फत एउटा विप्रेषण कारोबार गर्दा अर्कोविप्रेषण कारोबार निःशुल्कप्रदानगर्नेआर्कषक योजना (Send 1 Domestic Remittance and Get 1 Free) सार्वजनिक गरेको छ ।

बैंकले यो योजनायहिं २०७५ सालफाल्गुण र चैत्र दुई महिनाकालागिल्याएको छ। यस अवधिमाबैंकको ग्राहकमहानुभावहरु तथाकुनै पनिव्यक्तिले एनआई एशिया रेमिट मार्फत नेपालभरी कुनै पनिठाउँमा आन्तरिक विप्रेषण कारोबार गर्दा यो सुविधाप्राप्त गर्न सक्नुहुनेछ ।

एनआईसी एशिया रेमिट मार्फत स्वदेशमाआन्तरिक विप्रेषण कारोबार गर्दा न्युनशुल्कलाग्ने अवस्थामा यस योजनाले आन्तरिक विप्रेषण कारोबार गर्ने ग्राहकमहानुभावहरु अझ बढि लाभान्वितहुने विश्वास बैंकले लिएको छ ।

एनआई सी एशिया रेमिट मार्फत पठाएको आन्तरिक विप्रेषणको रकमयस बैंकको मुलुकभर फैलिएको २७६शाखाकार्यालयहरु, ३९ वटा एक्सटेन्सन काउण्टर, २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई एवं ६,७०० भन्दा बढी सहायकप्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमाभुक्तानीपाउन सकिने छ ।

योसुविधाबाट ग्राहकमहानुभावहरुले पैसा पठाउँदा उच्चतमलाभान्वितहुने र झन्झट रहित तरीकाबाट पैसा पठाउन र निकाल्न सकिने बैंकले जानकारी गराएको छ ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २७६ शाखाकार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टरएवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जालभएको बैंक हुन सफलभएको छ ।

बैंकको वासलातको आकार रू. २१९ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १७६ अर्ब तथाकुलकर्जा करिब रू. १४९ अर्बपुगिनिजीक्षेत्रबाट स्थापित बैंकहरुमध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमाआफ्नो पहिचानबनाउन सफलभइसकेको छ ।

हालसम्म यस बैंकमाग्राहकको संख्याकरिब १४ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिमव्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ । यस किसिमको योजना यस बैंकले निकट भविष्यमापनिल्याई राख्ने छ ।

प्रकाशित मिति : फाल्गुन १, २०७५ बुधबार  ३ : ५८ बजे