Logo

प्रमुख समाचार

नेबिसंघ इकाई कमिटी द्वारा भेटघात तथा चियापान कार्यक्रम सम्पन्न



ठाकुरराम बहुमुखी क्याम्पसमा आज बिहान ८ बजे देखि नेविसंघका नवनिर्वाचित ठाकुर राम बहुमुखी क्याम्पसका एकाई अध्यक्ष अजय कुमार कर्णको नेतृत्वमा चियापान तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ।

ठाकुरराम बहुमुखी क्याम्पसका पूर्व सभापति वैकुण्ठ श्रीवास्तवको प्रमुख अतित्यतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य बद्रि नारायण तिवारी विशिष्ठ अतिथि रहेका थिए ।पूर्व केन्द्रीय सदस्य सुधीर पटेल, वर्तमान जिल्ला सभापति विश्वास रंजन दुवेदी लगाएतका नेताहरुको उपस्थिति रहेको थियो ।

विद्यार्थी नेताहरु प्रभात कुमार सिंह, मुन राज तिवारी, जितेन्द्र मिश्रा, ओमेश्वर साह, विवेक तिवारी, ललन सहनी, सुधांशु चौरसिया, अब्दुल क्यूम, खेम अधिकारी, दिपु गुप्ता, राहुल रौनियार, आशिफ अंसारी, धर्मेन्द्र राउत, लगायतका १०० औं विद्यार्थी भाईबहिनीहरुको उपस्थिति रहेको प्रभात कुमार सिंहले जानकारी दिए ।

प्रकाशित मिति : फाल्गुन २, २०७५ बिहीबार  ३ : ०६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।