Logo

अर्थ

लक्ष्मी बैंकको कृषि विश्वविद्यालयका संकायसँग सम्झौता



लक्ष्मी बैंक लिमिटेडले रामपुर कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गत पशु विज्ञान, पशु चिकित्सालय र मत्स्य विज्ञान संकायसँग सम्झौता गरेको छ ।

सम्झौता पश्चात बैंकले बोअर जातको बाख्रामा अनुसन्धान गरेका सहायक प्राध्यापक दवा छिरिङ्ग तामाङ्गलाई वित्तीय सहयोग प्रदान गरेको छ ।

बैंकले विभिन्न खोज तथा अनुसन्धानात्मक गतिविधिहरुमा सहयोग गर्ने जनाएको छ ।

बैंकका हालसम्म देशभर ८४ शाखाहरु रहेका छन् । यस्तै बैंकले ३ हस्पितल काउन्टर, १०१ एटिएम तथा २५०० भन्दा बढी रेमिट्यान्स, ५१ शाखासहित बैैैंकिङ्ग इकाई तथा ४०० भन्दा बढी मोबाइल एजेन्ट मार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित मिति : फाल्गुन २, २०७५ बिहीबार  ५ : १८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।