Logo

सम्पादकीय

उर्जा विकासमा बाधा नपुराउ



नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको भुमिका कुलमान घिसि…ले पाएसँगै देशको उर्जा क्षेत्रमा उल्लेखनिय प्रगति भएका छन् । नागरिकलाई दैनिक १५ घण्टा भन्दा बढि लोडसेडि..को भारबाट मुक्ति गराएर ऊर्जा क्षेत्रमा देशलाई सशक्त बनाउने अभियानमा लागेका छन् ।

उनले अनुभव र कार्यशैलिले प्राधिकरणको समग्र व्यवस्थापन र कामकार्वाहीमा नयाँपन देखिएको सबैले अनुभुत गरिरहेको अवस्था छ । तर, उनले पछिल्लो समय आफूले चाहेर पनि ऊर्जाको विकासमा बृहत काम गर्न नसकेको बताए । वनको अवरोधका कारण हेटौँडा..दुहबी ४०० केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको काम साढे दुई वर्षदेखि रोकिएको प्रति गुनासो जनाउँदै रुख उपलब्ध हुन नसक्दा काम अवरोध भएको बताएका छन् ।

राज्यले ऊर्जा विकासमा देखिएका समस्याको समाधान तर्फ लाग्नुपर्छ । रुख कटानको समस्यलाई मात्र प्राथमिकतामा राखेर विकासको काम अवरोध हुनु सकारात्मक होइन । त्यसैले विकासकालागि पनि उचित तरिकाले रुख कटानको व्यवस्था गर्न राज्य गम्भिर हुन जरुरी छ । त्यसैगरि, सम्बन्धित निकायले पनि प्राधिकरणसँग छलफल गरि आवश्यक कदम चाल्नुपर्ने देखिन्छ । अतः वन कार्यालय लगायत जिम्मेवार निकायले प्राधिकराणलाई ऊर्जा क्षेत्रको विकासमा सघाउनुपर्छ ।

प्रकाशित मिति : फाल्गुन २, २०७५ बिहीबार  ८ : १६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।