राप्रपा प्रजातान्त्रिकका वरिष्ठ उपाध्यक्ष दीपक बोहरा र राप्रपाका नेता निरञ्जन थापाबीच शुक्रबार बिहान भेटघाट भएको छ । बालुवाटारको नेपाल हाउसमा भएको भेटघाटमा राष्ट्रिय राजनीतिसँगै राप्रपाको विषयमा छलफल भएको हुनसक्ने बताइएको छ ।
एकीकृत राप्रपा (राष्ट्रवादी) र राप्रपा प्रजातान्त्रिकबीच एकता भएपछि बोहरा असन्तुष्ट बन्दै आएका थिए । पूर्वमन्त्रीसमेत रहेका बोहरा अरुको नेतृत्वमा नजाने भन्दै नयाँ राजनीतिक मोर्चाबन्दी गर्न हिँडेका छन् । बोहरासहित अर्का नेता केशरबहादुर विष्ट, विराजबहादुर विष्ट, नेता प्रदीपबिक्रम राणालगायतका असन्तुष्ट बनेर अब के गर्ने भन्ने अन्यौलमा छन् ।
बोहराले राप्रपा प्रजातान्त्रिकको नेतृत्व आफूले गर्ने सोच बनाएका छन् । पछिल्लो समयमा राजनीतिक रुपमा संकट झेल्दै आएका बोहराले रुपन्देहीबाट प्रतिनिधिसभाको निर्वाचन हारे । थापा राप्रपा अध्यक्ष कमल थापाका नजिकका मान्छे हुन् । राप्रपा सरकारमा रहेका बेला थापा इजरायलको राजदूत भएका थिए । बोहराले असन्तुष्टि राखिरहेका बेला बोहरालाई फकाउन थापालाई पठाइएको हुनसक्ने पनि आशंका छ ।
राप्रपा प्रजातान्त्रिक र एकीकृत राप्रपा (राष्ट्रवादी)बीच भएको एकतालाई धेरैले विश्वास गरेका छैनन् । पार्टीभित्र छलफल नभएकोर अब कुन ढंगले जाने भनेर एजेण्डा नै बनाउन नसकेकोनयाँ राप्रपाको एकता पनि अन्यौलमा परेको छ । राप्रपा संयुक्तका नेता भारतबाट फर्कनेबित्तिकै राजा पनि आउन सक्ने बताएका थिए ।
प्रतिक्रिया