टिचिङ अस्पताल महाराजगञ्जका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्गाले अस्पताललाई उदाहरणीय बनाउने बताएका छन् ।केही समय अघि नियुक्त भएका उनले अस्पतालमा चुनौती सँगै अवसर पनि भएको स्पष्ट पारेका छन् ।
‘ठूलो संस्था हो तत्कालै केहीगर्न नसकिएला तर पनि मेरो कार्यकालमा उदाहरणीय बनाउने छु’ निर्देशक खड्गाले भने ‘ बिरामीको चाप बढेको छ, यसलाई सही उपचार दिएर सन्तुष्ट पार्न सकियो भने पनि एउटा लक्ष्य पूरा हुन्छ ।’उपचार सहज र गुणस्तरीय भएकाले बिरामीको चाप बढनु स्वभाविक भएको उनको भनाई छ । एकै ठाउँबाट धेरै प्रकारका बिरामको उपचार गर्नुपर्दा पनि समस्या भएको भन्दै उनले भइरहेको साधनस्रोतबाट सम्भवभएसम्म व्यवस्थित गर्ने बताए ।
अस्पतालको तथ्यांक अनुसार दैनिक झण्डै २५ सयको हाराहारीमा उपचार हुने गरेको छ । सबै प्रकारका रोगको उपचार गर्दा पनि सतर्कता अपनाइएको अस्पतालको भनाई छ ।२०७४-७५ मा एमरजेन्सीमा ५० हजार ३ सय ३८ जनाको उपचार भएको छ । त्यस्तै १० हजार २७ जनाको मेजर अपरेशन र ७ लाख २५ हजार ३ सय ३४ इमरजेन्सी ल्यावमा उपचार भएको छ ।
निर्देशकले आइसियु कक्षपनि कम खर्चिलो भएको बताए । आइसियु र सिसियु खालि नहुने भएकाले नपाएको गुनासो आउने गरेको निर्देशकको भनाई छ । पहिले बालबालिकाको लागि छुट्टै उपचारको व्यवस्था थिएन तर अहिले भने व्यवस्थित ढंगले सुरु गरिएको छ ।
अस्पतालले बर्थिङ सेन्टर सञ्चालन गरेको छ । ‘हामी बिरामीलाई थोरै शुल्कमा राम्रो सेवा दिएका छौ त्यसैले पनि कक्षपाउन गाह्रो छ’ निर्देशकले भन्नुभयो ‘वातावरण स्वच्छ बनाउन र बिरामीलाई प्रकृतिसँग रमाउनका लागि उद्यान बनाइएको छ ।’
प्रतिक्रिया