नेपाली ब्यबसायिहरुले लामो समयदेखी माग गर्दै आएको इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टम (इसिटिएस्) हिजो फागुन ३ गते शुक्रबारबाट लागु भएको छ ।नेपाल फ्रेट फर्वाडर्स एसोसिएसन(नेफा)लगायत नेपाली उधोगी ब्यबसायिहरुको लामो प्रयास पछी नेपाल र भारत सरकारको सहमती र समझदारिमा इसिटिएस सिस्टम कार्यन्वनमा आएको हो ।
यो सिस्टम लागु भएपछी भारत तथा तेश्रो मुलुकबाट आयात गरिएका उपभोग्य वस्तु तथा सामग्रीलाई स्वदेश ल्याउन पहिले भन्दा सहज हुने र उपभोगय सामानहरुको मुल्य समेत घट्ने बिश्वाश गरिएको छ ।
यस अघी झन्झटिलो भन्सारको प्रकृया पुरा गर्न धेरै समय लाग्ने र ढिलाई बापत चर्को जरिवाना समेत तिर्नु पर्ने बाध्यता अब नेपाली ब्यबसायीहरुले बेहोर्नुनपर्ने नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यकारिणी सदस्य एबम नेपाल फ्रेट फर्वाडर्स एसोसिएसनका अध्यक्ष प्रकाशसिंह कार्कीले बताए ।
नेपाल र भारत सरकारका बिचमा भएको समझादारी पछी काठ्माण्डौमा आयोजित नेपाल र भारतको सरकारी प्रतीनिधी मण्डल र ब्यबसायीहरु सम्मिल्लित एक छलफल कार्यक्रममा अध्यक्ष कार्कीले यस्तो बताएका हुन ।
इसिटिएस सिस्टम कार्यन्वनमा आए सगै बार्षिक अरबौ रुपैया बिदेशिनबाट बच्ने र आयातित सामानहरुको मुल्यमा कमी आउने हुनाले ब्यबसायीहरुको नाफा घाटा भन्दा पनि आफुहरुले देशको फाइदा र जनताको सहजताका लागी नेपाल र भारत सरकारसग इसिटिएस सिस्टम कार्यन्वनको माग गरेको समेत अध्यक्ष कार्कीले बताए ।
सङ्घका कोषाध्यक्ष नरेशकुमार अग्रवालले कल्कत्ता पोर्टमा भारतीय सिएचएले नेपाली ब्यबसायी हरुलाई दुख दिने गरेको र उनिहरुले शुल्क समेत लिने गरेकोमा अब त्यसको अन्त्य हुने बताए ।
प्रतिक्रिया