काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड र कम्पनीमा कार्यरत कर्मचारीहरूले रसुवा भोटेकोशी बाढीपहिरो प्रभावितहरूको उद्धार तथा राहतका लागि ३३ लाख ५३ हजार १८ रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
रसुवाको भोटेकोशीमा भदौ १० गते बिहान आएको बाढीबाट प्रभावित नागरिक तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै कम्पनीले २५ लाख रुपैयाँ र कर्मचारीहरूको आफ्नो एक दिनको तलबबाट ८ लाख ५३ हजार १८ रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।
उक्त सहयोगले विपदबाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने तथा उनीहरूको पुनर्स्थापनामा सरकारले सहयोग पुर्याउने विश्वास कम्पनीले लिएको छ । कम्पनीका प्रमुख संचालन अधिकृत राजकुमार खड्काले बीमा कम्पनीको भूमिका जोखिम हस्तान्तरण र वित्तीय सुरक्षामा मात्र सीमित नरहेको बताउँदै समुदायप्रतिको जिम्मेवारी निर्वाह गर्नु पनि संस्थागत दायित्वको अभिन्न हिस्सा भएको उल्लेख गरे ।
कम्पनीले आगामी दिनमा पनि आवश्यकता र सम्भाव्यताका आधारमा प्रभावित समुदायको राहत तथा पुनर्स्थापनासंग सम्बन्धित पहलहरूमा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।
















प्रतिक्रिया