काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल)को आधिकारिक प्रसारण अधिकार हिमालय स्पोर्ट्स (हिमालय टिभी)ले प्राप्त गरेको छ ।
अब एनपीएलका खेलहरू हिमालय टिभीमार्फत प्रत्यक्ष प्रसारण हुनेछन् ।
सोमबार नेपाल क्रिकेट संघको कार्यालयमा बोलपत्र खोल्दा हिमालय स्पोर्ट्सले करसहित १७ करोड २४ लाख रुपैयाँ (१७.२४ करोड) कीर्तिमानी बोली लगाएर प्रतियोगिताको प्रसारण अधिकार सुरक्षित गरेको हो ।
कम्पनीले सोमबार एक आधिकारिक विज्ञप्ति जारी गर्दै एनपीएलको प्रसारण अधिकार पाउनु आफ्ना लागि गर्वको विषय भएको जनाएको छ ।
नेपालको क्रिकेटमा पछिल्लो समय बढ्दो लोकप्रियतासँगै एनपीएलको प्रसारण अधिकार पनि महत्वपूर्ण मानिएको छ ।
















प्रतिक्रिया