Logo

समाचार

हिन्दु धर्म प्रती अर्को प्रहार, मन्दिर भत्काएर खेल मैदान बनाइएको प्रती स्थानीय आक्रोशित



दार्चुलाको मार्मा गाउपालिका ३ लटीनाथमा लटीनाथ मन्दिरको परिसर मिचेर रजिङ सिल्ड सचांलनका लागी खेलमैदान निर्माणको कार्य अगाडि बढाईएको छ । गाउपालिका र ३ नम्बर वडा कार्यलयको सहकार्यमा १० लाखको लगानीमा खेल मैदान निर्माण भईरहेको हो ।

लटीनाथ देउताको पुण्यभुमी मिचेर ऐतिहासिक पौराणिक गाथा बोकेको धार्मिक मान्यता बिरुद्धको ब्रजपात गरेको भन्दै स्थानियले बिरोध गरेका छन । स्थानियको बिरोधको बाबजुत पनी निर्माण कार्य अगाडि बढाईएको स्थानियको आरोप छ । “खेल मैदानको लागी मार्मा ४ तपोवनमा रहेको खुला मैदान हुदाहुदै मन्दिर परिसर मिचेर खेलमैदान निर्माण हुदै छ ।”

स्थानिय धिरज बिष्टले भने “ यदि मार्मामा खेलकुद क्षेत्रको बिकास गर्ने नै हो भने तपोवनको खुला मैदान काफी छ । जहा यत्रतत्र थुप्रै मैदान छन । जहा बजेट पनी त्यती खर्च गर्नु पर्दैन्थ्यो होला तर यति हुदा हुदै पनी मन्दिर परिसर मिचेर खेल मैदान गरिनु हाम्रो लागी असह्य छ हामी त्यो हुन दिन्नौ ।”

लटीनाथ मन्दिरको आफ्नो छुट्टै एतिहासिक महत्व रहेकोले पुण्यभुमी भित्रका पुराना सरंचना तथा रुखहरुको नाश गर्नु धार्मिक मुल्य मान्यता बिरुद्ध लात हान्ने काम भएको स्थानियको बुझाई छ । यस बिषयमा अपि नाम्पा सरंक्षणल क्षेत्र कार्यलयलाई जानकारी गराएको भए पछि कुनै सुनुवाई नभएको स्थानिय धिरज बिष्टले बताए ।

लटीनाथका ब्यापारीहरुको ब्यक्तिगत स्वार्थको लागी मन्दिर परिसर मिचेर रजिङ सिल्ड सचांलनका लागी खेल मैदान निर्माण भईरहेको उहाको आरोप छ ।

प्रकाशित मिति : फाल्गुन ७, २०७५ मंगलबार  ४ : ३२ बजे