Logo

प्रमुख समाचार

प्रजातान्त्र दिवसको अवसरमा नेविसंघ पर्साद्वारा दिप प्रजवलन कार्यक्रम सम्पन्न



६९ औ प्रजातान्त्र दिवसको अवसरमा नेपाल विद्यार्थी संघ पर्सा द्वारा घणटघरमा दिप प्रजवलन कार्यक्रम सम्पन्न भएको छ । नेविसंघ पर्साका सभापति विस्वास रन्जन दुबेदीको अध्यक्षतामा भएको कार्यक्रमा नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेल प्रमुख अतिथी रहेका थिए ।

कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सदस्य बैकुण्ठ श्रीवास्तव, महाधिवेशन प्रतिनिधि किरन सरकार, बुथ सभापति अनिक श्रीवास्तव, तरुन दलका क्षेत्रीय सभापति अनिल यादव, नेविसंघ पुर्व केन्द्रिय सदस्य द्वय सुधिर पटेल, बद्री तिवारी, एकाइ सभापती अजय कर्न विद्यार्थी नेताहरु प्रभात सिंह, जितेन्द्र मिश्रा, बिकेस पतेल, रन्जन चौरसिया, राहुल रौनियार, अब्दुल कयुम, सुजित साह, सुमिर पाण्डे लगायत नेता कार्यकर्ताको विशेष उपस्थित रहेको थियो ।

कार्यक्रमको सहजीकरण विधार्थी नेता प्रभात सिंहले गरेका थिए । कार्यक्रममा ज्ञात अज्ञात सहित प्रती सम्मान र सम्झनामा एक मिनेट मौन धारण गरि दीप प्रजवलन सहित कार्यक्रम सप्पन्न भएको नेता प्रभात सिंहले अनलाईनपानालाइ जानकारी दिए ।

प्रकाशित मिति : फाल्गुन ७, २०७५ मंगलबार  ३ : २१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।