Logo

समाचार

स्रोत नखुलेको झण्डै १४ लाख नगदसहित एक जना पक्राउ



काठमाडौं। काठमाडौं महानगर २६ ठमेलबाट स्रोत नखुलेको नगद १३ लाख ७५ हजारसहित एक जना पक्राउ परेका छन्।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिका ३ घर भएका २० वर्षीय युवराज घताने उक्त रकमसहित आज पक्राउ परेका हुन्।

प्रहरी वृत्त दरबारमार्गको टोलीले बा ९७ प २६४४ नम्बरको स्कुटर जाँच गर्दा उक्त नगद फेला पारी उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २८ भाद्र २०८३, आईतवार २०:११   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।