Logo

अर्थ

सामसङले ल्यायो दशैं–तिहार अफर, लक्की ड्रमार्फत उपहार जित्ने मौका



काठमाडौं । सामसङ नेपालले दशैं–तिहारको अवसरमा आफ्ना टिभी तथा होम अप्लायन्समा ‘स्मार्ट अपग्रेड घरमा, लक्की सरप्राइज चाडमा’ अफर ल्याएको छ । अफरअन्तर्गत ग्राहकले सामसङका टिभी तथा होम अप्लायन्स किन्दा दैनिक तथा साप्ताहिक लक्की ड्रमा सहभागी हुन, थप क्यासब्याक तथा पक्का उपहार प्राप्त गर्न सक्नेछन् । यो अभियान २० सेप्टेम्बर २०२६ देखि १६ नोभेम्बर २०२६ सम्म सञ्चालन हुने जनाइएको छ ।

यस अभियान अवधिमा सामसङको कुनै पनि टिभी, रेफ्रिजेरेटर, वासिङ मेसिन वा एसी खरिद गर्ने ग्राहकले आफ्नो खरिद दर्ता गरी सर्त तथा नियमअनुसार लक्की ड्रमा सहभागी हुन सक्नेछन् । लक्की ड्रमा दैनिक ३१ जना विजेता छनोट गरिनेछ । दैनिक विजेताले सामसङको ९ केजी फ्रन्ट लोड वासिङ मेसिन वा सामसङको ५५ इन्च यूएचडी टिभीमध्ये कुनै एक उपहार जित्ने मौका पाउनेछन् । यस्तै, साप्ताहिक रूपमा ८ जना विजेताले सामसङ एसी जित्ने मौका पाउनेछन् ।

लक्की ड्रमा सहभागी हुन अभियान अवधिमा सामसङको कुनै पनि टिभी, रेफ्रिजेरेटर, वासिङ मेसिन वा एसी खरिद गर्नुपर्नेछ । त्यसपछि सामानको पछाडि टाँसिएको स्टिकरमा रहेको १४ अंकको सिरियल नम्बर प्रयोग गरी ‘सामसङ स्पेस १४ अंकको सिरियल नम्बरे’ लेखेर ३७२७३ मा एसएमएस पठाउनुपर्नेछ । एसएमएस पठाएपछि ग्राहकले तत्कालै एसएमएसमार्फत पुष्टि प्राप्त गर्नेछन् ।

लक्की ड्रका विजेताको घोषणा हरेक बुधबार इमेज च्यानलको ‘म्युजिक अफ योर च्वाइस’ कार्यक्रममा गरिनेछ । विजेताको सूची स्मार्ट प्लाजा र बिग डिजिटलको फेसबुक पेजमा समेत राखिने जनाएको छ ।

लक्की ड्रमार्फत उपहार जित्ने अवसरसँगै ग्राहकले छनोट गरिएका सामसङ टिभी तथा होम अप्लायन्समा थप क्यासब्याक र अन्य उपहार पनि प्राप्त गर्न सक्नेछन् । टिभीमा २६ प्रतिशतसम्म क्यासब्याकका साथै निःशुल्क साउन्डबार र छनोट गरिएका मोडलमा १२ महिनासम्म निःशुल्क नेटटीभी प्याकेज उपलब्ध हुनेछ ।

त्यस्तै, रेफ्रिजेरेटरमा २१ प्रतिशतसम्म क्यासब्याक र ५ हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस उपलब्ध हुनेछ । वासिङ मेसिनमा १८ प्रतिशतसम्म क्यासब्याक र ३ हजार रुपैयाँसम्म एक्सचेन्ज बोनसका साथै छनोट गरिएका मोडलमा निःशुल्क ६ केजी सर्फ एक्सेल म्याटिक डिटर्जेन्ट उपलब्ध हुनेछ ।

यसैगरी, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इन्स्टा फाइनान्स सेवामार्फत ग्राहकले १२ महिना वा २४ महिनाको ईएमआई योजनामा उपकरण खरिद गर्न सक्नेछन् । नयाँ सामसङ होम अप्लायन्समा अपग्रेड गर्न चाहने ग्राहकले अर्कोस्टोरमार्फत वा नेपालभरका अधिकृत सामसङ रिटेल स्टोरबाट आफ्ना पुराना उपकरण एक्सचेन्ज गर्न सक्नेछन् ।

प्रकाशित मिति : ४ आश्विन २०८३, आईतवार १५:५८   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।