Logo

अर्थ

आज सेयर बजार बन्द रहने



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को डाटा हबमा ह्याकरको आक्रमण भएपछि सोमवारको सेयर कारोबार बन्द हुने भएको छ ।

नेप्सेका सीईओ चुणामणि चापागाईंका अनुसार डाटा हबमा आइतवारदेखि देखिएको साइबर आक्रमणका कारण ७२ वटा ब्रोकरको टीएमएस सञ्चालन गर्न नसकिने अवस्था छ । १२ वटा ब्रोकरको आफ्नै टीएमएस भएकाले उनीहरूको प्रणाली भने सञ्चालन गर्न सकिने अवस्था रहेको छ ।

अधिकांश ब्रोकरको टीएमएस प्रभावित भएपछि अपरिहार्य परिस्थितिका कारण आजको कारोबार रोक्ने विषयमा नेप्सेले योजना बनाएको छ । डाटा हबमा नेप्सेसहित १७–१८ वटा सरकारी निकायका रेकर्डसमेत रहेको बताइएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार ११:३२   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।