Logo

सम्पादकीय

बजेट खर्च बढाऊ



बजेट खर्च बढाऊ जिल्लाको स्थानिय तहमा चालु आर्थिक वर्ष २०७५/०७६ को बजेट खर्च सन्तोषजनक मानिएको छैन । विकास बजेटको सदुपयोग गर्न सक्दा स्थानिय तहमा विकासको बाटो खुल्छ तर, विभिन्न कारणहरु देखाउँदै छ महिना बढि बितिसक्दा पनि विकास बजेटको उपयोग हुन सकेको छैन ।

विकास खर्चको सदुपयोग नहुदाँ ठूलो बजेट फ्रिज हुने गरेको छ । स्थानिय सरकारको निर्माण भएसँगै नागरिकले बजेटको खर्च सहि तरिकाले विकासमा प्रयोग हुने आश गरे पनि त्यसो हुन भने सकिरहेको छैन । केन्द्रीकृत मानसिकता, विषयगत ऐनहरुको अभाव, जनशक्ति व्यवस्थापन लगायतका कारणले स्थानिय सरकार सञ्चालन ऐन प्रभावकारी रुपमा कार्यान्वयन हुन सकिरहेको छैन । विकास खर्च अपेक्षाभन्दा धेरै कमजोर देखिँदा यसले अर्थतन्त्रमा चिन्ता बढाएको छ । संरचनागत समस्याले गर्दा विकास खर्च लक्ष्यअनुसार हुन सकेको छैन । त्यसैले, यसको सुधारको प्रयत्न गरिराख्नुपर्छ ।

संरचना निर्माणमा ढिलाइ हुँदा सरकारको खर्च प्रणाली कमजोर देखिएको छ । संघीयता कार्यान्वयनसँगै आवश्यक प्रशासनिक संरचनाको निर्माणमा भएको ढिलाइले सरकारले विकास खर्च गर्न नसकेको छैन । स्थानिय तहमा बजेटको उपयोग हुन सक्यो भनेमात्र समग्र समृद्धिको बाटो खु्रल्छ ।

त्यस्रैले केन्द्र्रिय सरकारले पनि स्थानिय तहमा विकास बजेट लगायत खर्च बढाउन पहलदारी कदम गर्न आवश्यक छ । त्यसैगरि, जनप्र्रतिनिधि र सम्बन्धित निकायले पनि बजेट खर्च सदुपयोग गर्दै खर्च बढाउन जरुरी छ । अतः बजेटको सदुपयोगले मात्र विकास संभव रहेको सम्बन्धित निकायले बुझ्नुपर्छ ।

प्रकाशित मिति : फाल्गुन १०, २०७५ शुक्रबार  ४ : ०४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।