Logo

बिजनेस

जहाज मर्मतकाे रि–टेन्डर प्रक्रिया अघि नबढाउन वायु सेवा निगमलाई समितिकाे निर्देशन



संसदीय समितिले न्यारोबडी ए ३२० जहाजको इन्जिन मर्मतका लागि गरिएको रि–टेन्डर प्रक्रिया तत्काल अगाडि नबढाउन वायु सेवा निगमलाई निर्देशन दिएको छ ।

सिंहदबरारमा आज बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले निगमले न्यारोबडी विमानको इन्जिन मर्मतका लागि गरेको टेन्डर प्रक्रियामा खोट रहेको भन्दै तत्काल अगाडि नबढाने निर्देशन दिएको हो । समितिमा परेको उजुरी आधारमा शुक्रबार न्यारोबडी ‘ए’ ३२० को टेण्डर रद्द गरिएको र नयाँ टेन्डर मागका विषयमा छलफल गरेको थियो ।

लेखासमिति सदस्यहरुले सोधेको प्रश्‍नको स्पष्ट जवाफ नआएपछि ‘ए’ ३२० विमानको मर्मत सम्भारको टेण्डरमा परेको सूचना खोल्न समितिले रोक लगाएको हो । छलफलपछि समिति सभापति भरतकुमार शाहले समितिबाट अर्को निर्णय नभएसम्म सूचना नखोल्न निर्देशन दिए ।

बैठकमा निगम कार्यकारी अध्यक्ष मदन खरेलले इन्जिनको मर्मत तथा लिजको एकैपटकमा टेन्डर गर्न नमिल्लने भन्दै अहिले मर्मतको लागि टेन्डर भएको बताउनुभएको थियो । उहाले इन्जिनको मर्मतको टेन्डर गर्ने प्रक्रिया महाप्रवन्धकै निर्णयबाट भएको बताए ।

बैठकमा सांसदहरुले यसअघिको टेन्डर रद्द गर्नपर्ने कारण र फेरि मर्मत तथा लिजको छुट्टा छुट्टै रुपमा टेन्डर गर्नुपर्ने निर्णयसहित सबै कागज माग गरेका थिए । उनीहरुले निगम कार्यकारी अध्यक्ष मदन खरेलको नियुक्तीपछि भएका कामको बिवतरण पनि माग गरेका थिए ।

निगमले भने २०१८ मे ११ मा पहिलो पटक प्रकाशित इन्जिनको मर्मत तथा लिजको डेन्डर रद्द गर्दै जनवरी ८ मा पुनः इन्जिन मर्मतका लागि मात्रै टेन्डर गरेको थियो । टेन्डरमा सहभागी कम्पनीको बोलपत्र निगमले अाज नै खोल्दै थियो । यसअघि निगमले मे ११ मा एकैपटका मर्मत तथा लिजलाईं गरेको टेन्डर कानुन विपरित रहेको भन्दै रद्द गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : फाल्गुन १०, २०७५ शुक्रबार  १ : ५४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।