Logo

प्रमुख समाचार

६३ जिल्लामा कांग्रेसको वडा अधिवेशन सम्पन्न



काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सोमबारसम्म ६३ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ।

केन्द्रीय निर्वाचन समितिका अनुसार ती जिल्लाका अधिकांश वडामा अधिवेशन प्रक्रिया पूरा भएको हो। अधिवेशन सम्पन्न हुन बाँकी रहेका धादिङ र नुवाकोटका केही वडामा मंगलबार पनि प्रक्रिया जारी रहनेछ।

त्यस्तै धनुषा, मोरङ, नवलपरासी, सप्तरी, सिरहा, रौतहट र सर्लाहीका केही वडामा पनि अधिवेशन अन्तिम चरणमा पुगेको समितिले जनाएको छ।

कांग्रेसको १५औँ महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुँदैछ।

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलवार २०:२९   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।