Logo

Sports

महिला कबड्डीमा नेपाल विजयी



काठमाडौं ।जापानको इची–नागोयामा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत महिला कबड्डीमा नेपालले विजयी सुरुवात गरेको छ।

समूह ‘बी’को पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ४६–४३ अंकले पराजित गरेको हो।

पहिलो हाफमा १५–२४ अंकले पछि परेको नेपालले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै ३१ अंक जोड्यो। थाइल्यान्डले भने दोस्रो हाफमा १९ अंक मात्र बनाउन सक्यो।

नेपालले अब समूह चरणको दोस्रो खेल बुधबार चाइनिज ताइपेइसँग खेल्नेछ।

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलवार २०:५९   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।