ललितपुरको नख्खुस्थित एनसेल शक्तिशाली बम बिस्फोट गराएको छ। बम बिस्फोटमा परी २ जना घाइते भएका छन्। घटनामा परी २७ वर्षिय प्रतिक्षा खड्का र अर्का एक जना नाम नखुलेको व्यक्ति घाइते भएको बताईएको छ । नीहरूको अहिले अल्का अस्पतालमा उपचार भइरहेको छ।
बम कसले र किन विस्फोट गरायो भन्ने बारेमा केहि जानकारी प्राप्त भएको छैन । अहिले घटनास्थलमा प्रहरी पुगेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको ललितपुर प्रहरीले जनाएको छ ।
यसैबीच यता बागलुङमा पनि एनसेलको टावरमा आगजनी भएको छ । बागलुङका विभिन्न ठाउँमा रहेका निजी दूरसञ्चार प्रदायक कम्पनी एनसेएलका टावरहरूमा बिहीबार राति अज्ञात समूहले आगजनी गरेको हो ।
बागलुङ नगरपालिका–७ मुल्पानी, गल्कोट नगरपालिका ८ काँडेवाँस र निसीखोला गाउँपालिका ७ राजकुतमा रहेको एनसेलको टावरमा आगजनी भएको हो । आगजनीबाट टावरमा भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया