शिक्षा अभियन्ता विजय थापाले डाक्टर गोबिन्द केसीको नाममा जारी प्रेस विज्ञप्तीप्रति आफ्नो गम्भिर आपत्ति रहेको टिप्पणी गरेका छन् ।शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै थापाले डा. केसी फेरि पनि अनसनको चेतावनी दिन्छन् भने उक्त अनसनको विरुद्धमा आफू पनि अनसन बस्ने चेतावनी दिए ।
उनले भने,‘डाक्टर केसी अनसन बस्छन् भने म पनि केसीको बाटो रोज्न पछि हट्दिन ।’ उनले कार्यान्वयनको चरणमा रहेको चिकित्सा शिक्षा ऐनविरुद्ध केसीको चर्काे बिरोध रहेको भन्दै त्यसमा पनि आपत्ति जनाए ।
उनले भने,‘सरकारी मापदण्ड पूरा गरी आशय पत्र लिईसकेका मेडिकल कलेजलाई सम्बन्धन दिने प्रक्रियामा केसी छटपटाई रहेका छन्, यसबाट नै नेपालको चिकित्सा शिक्षा क्षेत्रमा अघोषित सिन्डीकेट रहेको स्पष्ट हुन्छ ।’
विदेशमा रहेका कयौं नेपाली विद्यार्थीहरुलाई देशमा बिद्यमान दलाल कन्सल्टेन्सी मार्फत बेचि रहँदा कमिशनको लोभमा डा. केसी र उनका समर्थकहरुले कागजको टोपी लगाएर माईतिघरमा नाटक मात्र गर्ने गरेको पनि उनले गम्भिर आरोप लगाए ।
‘अष्ट्रेलियाको एआईबिटी कलेजमा अध्ययनरत एक हजार भन्दा बढि नेपाली विद्यार्थी अलपत्र परेको खबर प्रति मेरो गम्भिर ध्यानाकषर्ण भएको छ’–उनले भने ।
नेपालमा मेडिकल कलेज खोल्न नदिने षडयन्त्रमा कन्सलटेन्सीहरु लागि परेको पनि उनले आरोप लगाए । उनले अलपत्र नेपाली विद्यार्थीहरुको तत्काल उद्धार गरी ती दलाल कन्सल्टेन्सीहरुमाथि कारवाहीको पहल अगाडि बढाउन सरकारसँग जोडदार माग गरे ।
उनले अष्ट्रेलियामा बिचल्लीमा रहेका नेपाली विद्यार्थीको घट्नालाई लुकाउने प्रयास पनि भैरहेको खुलासा गरे । तत्काल अलपत्रमा परेका विद्यार्थीहरुको उद्धार गरी दोषीहरुमाथि कारवाहीको प्रक्रिया अगाडि नबढाईए आफूहरुले कारवाही गर्ने थापाले चेतावनी दिए ।
उनले बंगलादेशबाट डाक्टर पढेर नेपाल फर्कने क्रममा त्रिभुवन बिमानस्थलमा बिमान दुर्घटनामा परी ज्यान गुमाएका घर परिवारलाई तत्काल क्षतिपूर्तिको ब्यवस्था गर्न पनि माग गरे ।काठमाडौँ बाहिर खोलिन लागेका मेडिकल कलेजहरुको निर्माण चाँडै होस् भन्दै उनले नेपालमा नै अध्ययन गर्ने बातावरणको सिर्जना गर्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया