Logo

समाचार

प्रधानमन्त्री ओलीले यसरी मनाए ६८ औं जन्मदिन



प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो ६८ औं जन्मोत्सवको अवसरमा आँपको विरुवा रोपेका छन् । बालुवाटारमा परिसरमा प्रधानमन्त्री ओलीले स्थानीय नसर्रीबाट ल्याएको विरुवा रोपेका हुन् ।

यसैगरी प्रधानमन्त्री पत्नी राधिका शाक्यले अम्बाको विरुवा रोपेकी छिन् । जन्मदिनको अवसरमा प्रधानमन्त्री ओलीले केक काटेर पत्नी राधिका र बुबा मोहनप्रसाद ओलीलाई खुवाएका थिए ।

प्रधानमन्त्री ओलीलाई नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ,अभिनेत्री जया प्रदा लगायतले शुभकामना दिएका छन् ।प्रधानमन्त्री ओली २००८ साल फागुन ११ गते तेह्रथुमको इवामा जन्मिएका हुन् । ओलीले केक काटेर पत्नी राधिका र बुबा मोहनप्रसाद ओलीलाई खुवाएका थिए ।

प्रकाशित मिति : फाल्गुन ११, २०७५ शनिबार  ७ : २७ बजे