मनाङ । बाढी र पहिरोको जोखिम बढेपछि मनाङको सदरमुकाम चामेका स्थानीय घर छाडेर खुला ठाउँमा बस्न बाध्य भएका छन्। घरभित्र बस्न जोखिम भएपछि उनीहरू चिसोका बीच सुरक्षित स्थानको खोजीमा रात खुला आकाशमुनि बिताइरहेका छन्।
विपद्मा परेर विस्थापित भएका स्थानीयले आफ्नो अवस्था बुझ्न हालसम्म सरकारी निकायबाट कोही पनि नआएको गुनासो गरेका छन्। संकटका बेला स्थानीय प्रशासन र जनप्रतिनिधिले चासो नदिएको उनीहरूको आरोप छ।
‘बाढीका कारण घरभित्र बस्न सक्ने अवस्था छैन। त्यसैले सबै जना बाहिर बस्न बाध्य भएका छौं,’ एक स्थानीयले भने, ‘हामी कस्तो अवस्थामा छौं र के-कस्तो समस्या छ भनेर बुझ्न अहिलेसम्म कोही पनि आएको छैन।’
सदरमुकाममै बाढी प्रभावितहरू खुला ठाउँमा बस्नुपर्ने अवस्था आएपछि स्थानीयमा त्रास बढेको छ। उनीहरूले तत्काल सुरक्षित आश्रयस्थलको व्यवस्था, राहत वितरण तथा विपद् व्यवस्थापनका लागि प्रशासनसँग माग गरेका छन्।



















प्रतिक्रिया