Logo

प्रमुख समाचार

कांग्रेस महाधिवेशन केही दिन सार्ने तयारी



काठमाडौं ।नेपाली कांग्रेसले १५औँ महाधिवेशनको मिति केही दिन पछि सार्ने तयारी गरेको छ।

मौसम प्रतिकूल भएपछि क्षेत्रीय अधिवेशन प्रभावित भएको र कतिपय जिल्लामा अधिवेशन प्रक्रिया पूरा हुन नसकेकाले महाधिवेशनको मिति पुनर्विचार गर्न लागिएको हो।

कांग्रेसले असोज १६ देखि १९ गतेसम्म काठमाडौंको खुलामञ्चमा महाधिवेशन उद्घाटन गर्ने तयारी गरेको थियो।

तर बाढीपहिरो र प्रतिकूल मौसमका कारण जनजीवन प्रभावित भएपछि महाधिवेशनको मिति सार्ने विषयमा छलफल अघि बढेको प्रवक्ता देवराज चालिसेले बताए।

उनका अनुसार महाधिवेशनको नयाँ मितिबारे सोमबार शीर्ष तहमा छलफल हुनेछ। ‘बाढीपहिरोका कारण जनजीवन प्रभावित भएको छ। त्यसको असर हाम्रो राजनीतिक कार्यक्रममाथि पनि परेको छ।

क्षेत्रीय अधिवेशनसमेत पूरा हुन सकेका छैनन्,’ उनले भने, ‘जिल्लाहरूको वस्तुस्थिति अध्ययन गरेर निर्णय गर्छौं। सम्भवतः भोलि नै नयाँ सूचना आउँछ।’

कांग्रेसले पार्टी विधान र अदालतको आदेशलाई समेत ध्यानमा राखेर महाधिवेशनको मिति तय गर्ने जनाएको छ। छलफलमा महाधिवेशन बढीमा एक सातासम्म पछि सार्ने विकल्पमाथि विचार भइरहेको नेताहरूले बताएका छन्।

यसैबीच पूर्वसभापति शेरबहादुर देउवा समूहले भने मंसिरमा समानान्तर महाधिवेशन गर्ने तयारी अघि बढाएको छ।

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार १९:३२   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।