नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कृषि उद्योगको विकासले मात्र समृद्ध नेपालको परिकल्पना साकार हुन सक्ने बताएका छन् ।
आज भक्तपुरमा भक्तपुर तरकारी होलसेल तथा फलफुल बजारको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले नेपालको समृद्धिको प्रमुख आधार कृषिमा आधुनिकीकरण, व्यवसायीकरण र विविधीकरण रहेको बताए ।
दाहालले मुलुकको पछिल्लो परिस्थितिबाट दिक्क लाग्दा खेती गर्न मन लाग्ने गरेको समेत बताए । खेतीयोग्य जमिन बाँझो छाडेर युवाहरु विदेश जाँदा आफूलाई दिक्क लाग्ने गरेको उनले बताए ।
यो पनि पढ्नुहोस्
“प्रचण्डले एनसेल र जनमुक्ति सेनाको अर्बौ पैसा खाएपछी मैले माओवादी छोडे” : बाबुराम भट्टराई (भिडियो)
उनले कृषि उत्पादन बृद्धि गर्न विज्ञान र प्रविधिको उपयोग गर्दै कृषिमा आधारित व्यवसाय सञ्चालन गरि कृषि उद्योगहरु सञ्चालन गर्नुपर्ने आवश्यकता औल्याए । नेपालको जल, जमिन र जडिबुटीको समुचित उपयोग गरि कृषिलाई व्यवसायिक र आधुनिक बनाउन सकिने उनको भनाई छ ।
कार्यक्रममा कृषिमन्त्री चक्रपाणी खनालले कृषिको व्यवसायिकिकरण, र बजार व्यवस्थापनका लागि सरकारले कृषकलाई ५० प्रतिशत अनुदान दिएर देशभर ५ स्थानमा कृषि बजार बनाउने तयारी गरिरहेको बताए ।
भक्तपुरका व्यवसायी श्यामसुन्दर बस्नेतले भक्तपुरको गठ्ठाघरमा साढे ६ करोड लागतमा ८ रोपनी क्षेत्रफलमा शुरु गर्नुभएको तरकारी बजारमा १३० सटर र १५० स्टल गरि २८० बटा तरकारी तथा फलफुल पसल सञ्चालनमा ल्याउएका छन् ।
प्रतिक्रिया