संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लेखा अधिकृतहरुको समायोजन सूची सार्वजनिक गरेको छ । लेखा अधिकृतहरुको समायोजनको काम फागुन ५ गते नै सकिए पनि सोमबार मात्र नामावली सार्वजनिक गरिएको हो ।
मन्त्रालयको वेबसाइटमा राखिएको विवरणअनुसार १ हजार १३२ लेखा अधिकृतहरुको समायोजन गरिएको छ । त्यसमध्ये संघमा ६१०, प्रदेशमा १९५ र स्थानीय तहमा ३२७ जना समायोजन भएका छन् ।
समायोजन भएका लेखा अधिकृतहरुको सूची यो लिङ्कमा राखिएको छ । महालेखा परीक्षकको कार्यालयले लेखा समूहका सबै कर्मचारीहरुलाई संघमै समायोजन गर्न माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्र पठाएको थियो ।
प्रतिक्रिया