अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहप्रवक्ता मदन कोइरालाले प्रदेश २ का सबै स्थानीय तहमा अनियमिता भइरहेको बताएका छन् ।‘प्रदेश २ मा स्थानीय तहमा जनप्रतिनिधिले आफ्ना कार्यकर्तालाई प्रकृया विपरीत जथाभावी नियुक्त गरिरहेका छन्’ उनले भन्े, ‘कानुनी सल्लाहकार, राजनीतिक सल्लाहकार, प्रेस सल्लाहकार, परामर्शदाताको नाममा कार्यकर्ता र आफन्त भर्ती गरिएको छ । सबै स्थानीय तह भ्रष्टाचारको दलदलमा फस्यो ।’
प्रवक्ता कोइरालाले स्थानीय तहमा डोजर र गाडी खरिदमा समेत दुरूपयोग भइरहेको उल्लेख गरे। ‘जथाभावी रुपमा डोजर र गाडी किन्ने काम भइरहेको छ’ उनले भने, ‘अख्तियारमा अधिकांश स्थानीय तहका प्रमुख÷उपप्रमुखले डोजर किनेर आफैंले प्रयोग गरिरहेको उजुरी परेको छ ।’
सहप्रवक्ता कोइरालाले आयोगमा ६ महिनायता सबैभन्दा बढी उजुरी स्थानीय तहबाट आएको जानकारी गराए । ‘विगतमा शिक्षा र स्वास्थ्यमा अनियमितता भएको बढी उजुरी आउँथ्यो, ‘उनले भने, ‘अहिले स्थानीय तहमा अनियमिता भएको उजुरी बढी आएको छ ।
अन्य प्रदेशको तुलनामा प्रदेश २ का स्थानीय तहमा अनियमिता भएको उजुरी आएको छ ।’ प्रदेश २ मा ५ सय २२ वटा भ्रष्टाचारका उजुरी परेको कोइरालाले जानकारी दिनुभयो । ‘उल्लेख संख्या सबै उजुरीको ४० प्रतिशत हो’ उनले भने ।
कोइरालाका अनुसार प्रदेश २ का स्थानीय तहबाट सिफारिस गरेबापत सेवाग्राहीसँग घुस लिने गरेको, विकास निर्माण तथा आयोजनामा स्तरहीन काम भएको, नक्कली भरपाई र किर्ते सहीछाप बनाइ तोकिएको काम नगरी रकम भुक्तानी लिने, नाता प्रमाणित र नामसारीको सिफारिस गर्दा तोकिएबमोजिम प्रक्रिया र कार्यविधि अवलम्बन नगर्ने, पेश्की लामो समय फस्र्यौट नगर्ने, बजेटभन्दा बढी रकम कानुनविपरीत खर्च गर्ने, ढुंगा, गिट्टी र बालुवा जथाभावी उत्खनन, नियम विपरित ठेक्का र सामाजिक सुरक्षा भत्ता हिनामिना लगायतका उजुरी अख्तियारमा आएको छ ।
प्रतिक्रिया