काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल को तेस्रो संस्करणमा विश्व क्रिकेटका चर्चित खेलाडीहरू सहभागी हुने भएका छन्।
सार्वजनिक नामावलीअनुसार अस्ट्रेलियाका डेभिड वार्नर, दक्षिण अफ्रिकाका डेभिड मिलर र वेस्ट इन्डिजका आन्द्रे रसेलसहित विभिन्न देशका ३३ खेलाडी एनपीएलमा आउने सूचीमा छन्।
नामावलीमा न्युजिल्यान्डका जेम्स निशम, इंग्ल्यान्डका मोइन अली, वेस्ट इन्डिजका शेर्फेन रदरफोर्ड, बंगलादेशका शाकिब अल हसन र जिम्बाब्वेका सिकन्दर राजाको नाम पनि समावेश छ।
त्यस्तै, पाकिस्तानका साहिबजादा फरहान, उसामा मिर र इफ्तिखार अहमद, श्रीलंकाका एन्जेलो म्याथ्युज, चरिथ असलांका र निरोशन डिकवेला तथा इंग्ल्यान्डका रवि बोपारालगायत खेलाडी पनि सूचीमा छन्।
नामावलीमा भारतका कोना श्रीकर भरत, अस्ट्रेलियाका डीुआर्सी सर्ट, न्युजिल्यान्डका स्कट कुगेलाइन, स्कटल्यान्डका मार्क वाट र ब्रान्डन म्याकमुलन तथा अमेरिकाका शुभम रञ्जने, हरमित सिंह र शाड्ली भान शाल्कविक पनि छन्।
बंगलादेशका अरिफुल इस्लाम, मोहम्मद अकबर अली, मेहेदी हसन र मोहम्मद सैफुद्दिन तथा श्रीलंकाका सहान अराच्चिगे, चमिका करुणारत्ने र धनञ्जय लक्षण पनि सूचीमा परेका छन्। क्यानडाका कलीम साना, नामिबियाका रुबेन ट्रम्पेलम्यान र इंग्ल्यान्डका सैफ अली जैबको नामसमेत समावेश छ।
एनपीएलको तेस्रो संस्करणमा विदेशी खेलाडीको सहभागिताले प्रतियोगिताको आकर्षण बढाउने अपेक्षा गरिएको छ। यद्यपि, सार्वजनिक नामावलीमा रहेका सबै खेलाडीको सहभागिता र सम्बन्धित टोलीको विवरण आधिकारिक रूपमा पुष्टि हुन बाँकी रहेकाले अन्तिम सूचीबारे क्यानको आधिकारिक जानकारीलाई आधार मान्नुपर्नेछ।




















प्रतिक्रिया