Logo

समाचार

कात्तिक ११ देखि १५ गतेसम्म वर्षाको सम्भावना, यात्रा र खेतीपातीमा सतर्कता अपनाउन आग्रह



काठमाडौं । कात्तिक ११ गतेदेखि १५ गतेसम्म देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन् ।

सम्भावित वर्षालाई मध्यनजर गर्दै पृथ्वी राजमार्ग तथा बीपी राजमार्गमा यात्रा गर्दा विशेष सावधानी अपनाउन, वर्षाको जोखिमलाई ध्यानमा राखेर बाली नकाट्न तथा हिमाली र पहाडी क्षेत्रमा पदयात्रा नगर्न मौसमविद्हरूले अनुरोध गरेका छन् ।

वर्षाका कारण सडकमा पहिरो जाने, सडक अवरुद्ध हुने तथा यात्रा जोखिमपूर्ण बन्न सक्ने भएकाले यात्रामा निस्कनुअघि मौसमको अवस्था र सडकको जानकारी लिन आवश्यक देखिन्छ ।

त्यस्तै, किसानहरूले पनि मौसमको पूर्वानुमानलाई ध्यानमा राख्दै कृषि उपज भित्र्याउने तथा भण्डारण गर्ने विषयमा सतर्कता अपनाउनुपर्नेछ । हिमाली तथा पहाडी क्षेत्रमा पदयात्राको योजना बनाएकाहरूलाई मौसम अनुकूल नभएसम्म यात्रा स्थगित गर्न सुझाव दिइएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०८३, आईतवार ०९:५७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।