Logo

मौसम

आजको मौसम : हिमाली क्षेत्रमा आंशिक बदली, तराईमा मौसम सफा रहने



काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो देशको हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । देशको पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

आज राति कोशी प्रदेश तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बादल लाग्नेछ तथा देशको बाँकी हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

प्रकाशित मिति : ९ कार्तिक २०८३, सोमबार ०७:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।