Logo

प्रमुख समाचार

सभापति देउवामाथि शेखरको हमला, अब सभापति बन्न नदिने घोषणा



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवाले राजालाई लोकतन्त्र बुझाएकोले आफूलाई लोकतन्त्रको पाठ सिकाउन नमिल्ने आरोप लगाएका छन् ।

प्राइम टाईम्स टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा ऋषि धमलासँग कुरा गर्दै कोइरालाले यस्तो आरोप लगाएका हुन् । उनले भने,‘देउवाले राजालाई लोकतन्त्र बुझाएका हुन् । उनले लोकतन्त्रको कुरा गर्ने ? मलाई लोकतन्त्र सिकाउने ? उनले लोकतन्त्र सिकाउन मिल्दैन् ।’

पार्टी सभापति देउवा निरंकुशतातर्फउन्मुख रहेको पनि कोइरालको आरोप छ । उनले भने,‘देउवा अहिले निरंकुशतातर्फ उन्मुख छन् । देउवाजीले महासमितिको स्पिरिटलाई सम्मान गर्नुभएन् । यो उहाँको महाभुल हो ।’त्यस्तै उनले धमलासँगको कुराकानीमा पार्टीको महाधिवेशन एक वर्षभित्र गराउनुपर्ने आफूहरुको अडान रहेको सुनाए ।

उनले वर्तमान सभापति देउवालाई अब सभापति बन्नबाट रोक्ने घोषणा गरे । उनले महाधिवेशनको मिति नै तोक्न लगाउनेगरि आफूहरु छलफलमा जुटेको पनि खुलासा गरे । कोइरालाले भने,‘आजपनि त्यही भएर हामी प्रकाशमानजीको घरमा छलफलमा जुटेका हौं ।’

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार ०६:३२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।